सशस्त्र प्रहरीका तीनै जना एआईजीको सरुवा, मानवस्रोतमा दाहाल

लोकपथ
70
Shares

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीनै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पहिलो वरीयताका एआईजी नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागबाट कार्य विभागमा, दोस्रो वरीयताका एआईजी चन्द्रप्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभागमा र बंशीराज दाहाललाई कार्य विभागबाट मानवस्रोत विभागमा सरुवा गरेको हो ।

सशस्त्र प्रहरीमा मानवस्रोत विभागलाई आकर्षक विभागका रुपमा लिइन्छ । पहिलो वरीयताका एआईजी पौडेलले एआईजीमा बढुवा भएलगत्तै मानवस्रोत विभागको जिम्मेवारी पाएका थिए । उनले झण्डै १५ महिना सो विभागको प्रमुखको जिम्मेवारी बहन गरेका थिए । उनीपछि सो विभागमा गौतम आएका थिए ।

उनलाई साढे ११ महिना मात्रै जिम्मेवारी दिइयो । नेपाली सेनाबाट स्थानान्तरण भई सशस्त्र प्रहरीमा आएका गौतम आगामी बैशाख २ गते अनिवार्य अवकाशमा जाँदै छन् । उनी ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?