त्रिविका ११ आंगिक क्याम्पस प्रमुख विहीन, आवेदन दिन ७ दिनको समय

लोकपथ
182
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतका ११ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख रिक्त भएको छ ।

त्रिविले सूचना जारी गर्दै ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

त्रिविका अनुसार हालसम्म सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, पृथ्वीनारायण क्याम्पस, रामस्वरुप रामसागर क्याम्पस र बुटवल बहुमुखी लगायतका क्याम्पसमा प्रमुख रिक्त भएको हो ।

त्रिविले त्रिविको सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार आवेदन दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?