गोकर्णेश्वरमा यस्तो देखियो दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

लोकपथ
70
Shares

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुबाको मुख हेर्ने दिन हो ।

पितृसम्मानमा आज छोराछोरीहरूले आआफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन् । बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दान गर्दछन्।
त्यसैले आज उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेवको मन्दिरमा विशेष मेला लाग्ने गर्छ । आजकाे दिन यस मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।

आजको दिन वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याएर मनाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?