शेयर बजारमा उछाल, कारोबार रकममा पनि सुधार

लोकपथ
63
Shares

काठमाडौं । केही दिनदेखि ओरालो लागेको शेयर बजार सोमबार भने बढेको छ । आज नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले वृद्धि भएको हो । बजार ४ दशमलव ७२ प्रतिशतले वृद्धि हुँदा २ हजार ८ सय २३ दशमलव २५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यसो त अघिल्लो कारोबार दिन आइतबार भन्दा आज कारोबार रकम समेत बढेको छ । हिजो १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज कुल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये २३९ वटा कम्पनी नाफामा देखिएका छन्, ५ वटा कम्पनी घाटामा रहेको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएका सबै क्षेत्रका सूचक बढेका छन् ।

नेप्सेका अनुसार आज सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?