सर्पले टोकेर बालकको मृत्यु

लोकपथ
147
Shares

कैलाली । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेका छन् ।

बालकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेर घाइते भएको र उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?