आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् : नवनियुक्त अध्यक्ष डिसी

लोकपथ
203
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै डिसीले आफूसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्बन्धलाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागी उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे इन्डस्ट्री पूरै फाइदामै जाने बताएका हुन् ।

उनले  भने, ‘मलाई युज नगर्नुस् , राम्रो गर्नुस् इन्डस्ट्री पूरै फाइदामा जान्छ, मसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नेटवर्क र सम्बन्ध जुन छ ती सम्बन्धहरु यहाँहरुको गाडी चालकदेखि लिएर सदस्य सचिव ज्युसमेतले राम्रो कामको लागि प्रयोग गर्नु भयो भने व्यक्तिगत लगायत पेसागत हितका लागि पनि म उपयोगी हुन सक्छु , तर मलाई प्रयोग भएको महसुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरुलाई भन्न चाहन्छु ।’

साथै उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे ।  उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरु गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?