वन मन्त्रालयमा चित्त नबुझेपछि दिपक मनाङेले दिए राजीनामा

लोकपथ
210
Shares

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्री हेरफेरको विषयमा चित्त नबुझाएका राजिव गुरुङ उर्फ दिपक मनाङेले राजीनामा दिएका छन् ।

यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका मनाङेलाई वन तथा वातावरणमन्त्रीको जिम्मेवारी दिइएको थियो । त्यसमो चित्त नबुझाएका मनाङेले राजीनामा दिएको उनी निकट स्रोतले लोकपथलाई जानकारी दियो ।

उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

आज नेकपा एमालेका ४ मन्त्रीहरुले शपथग्रहण गरेका छन् । एमालेसँग भागबण्डा मिलाउन मनाङेको मन्त्रालय हेरफेर गरिएको थियो । तर उनले आफूलाई जुनियरलाई दिने मन्त्रालय दिइएको भन्दै राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?