टानको अध्यक्षमा सागर पाण्डे विजयी (विजयीको सूचीसहित)

लोकपथ
231
Shares

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा राजेन्द्र प्रसाद सापकोटालाई हराउँदै पाण्डे निर्वाचित भएका हुन् ।

मङ्गलवार बिहान सकिएको मतगणनामा कांग्रेससहितको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका सापकोटालाई १ सय मतान्तरले पराजित गर्दै माओवादी केन्द्र निकटका पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत प्राप्त गर्दा सापकोटाले ४८० मत मात्रै प्राप्त गरेका छन् ।

त्यसै गरी पाण्डे समूहबाट महासचिवका उम्मेदवार ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले सापकोटा समूहबाट उम्मेदवारी दिएका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन् ।


वरिष्ठ उपाध्यक्षमा सापकोटा समूहबाट उम्मेदवारी दिएका कर्मा शेर्पा विजयी भएका छन् । उनले पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गरेका हुन् । त्यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहबाटै विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।


सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष पदमा सापकोटा समूहका उम्मेदवारहरू क्रमशः रिञ्जी जाङ्बु शेर्पा, गौतम राज वाग्ले र लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् ।


सदस्यहरूमा सापकोटा समूहबाट पवित्रा तामाङ, विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ तथा पाण्डे समूहबाट अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा र फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?