प्रधानमन्त्री ओलीमाथि बालेनको अर्को चुनौती–‘म दोषी भए समाउनुस्’

लोकपथ
322
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका नेता कार्यकर्ताबीच पछिल्ला दिनहरुमा ‘फेसबुक वार’ चलिरहेको छ ।

केही दिन अघि मेयर शाहले एमाले प्रदेश सभा सांसद रेखा शर्मालाई कारबाही गर्न एमालेले रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिए ।

त्यसमा एमाले नेता कार्यकर्ताहरुले रिपोर्ट गरेपछि उक्त पोस्ट फेसबुकले नै हटाएको छ । तर एमाले नेता कार्यकर्ताहरुले भने सांसद शर्माले बालश्रम शोषण गरेको तथ्य प्रमाण नभएपछि मेयर बालेनले उक्त पोस्ट हटाएको भन्दै कटाक्ष गरिरहेका छन् ।

तर मेयर शाहले मंगलबार साँझ काउन्टर स्ट्याटस लेख्दै पोस्ट उडाउने भन्दा पनि दोषीलाई समाउन सरकारसँग आग्रह गरेका छन् ।

त्यस्तै आफू गलत भए आफूलाई र नभए दोषीलाई कारबाही गर्न बालेनले चुनौती दिएका हुन् ।

‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत भए मलाई समाउ, हैन भने दोषी समाउ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?