विष्णुमती नदीले खतराको तह पार गर्यो, सावधानी अपनाउन आग्रह

लोकपथ
567
Shares

काठमाडौं । मंगलबार अपरान्हबाट परेको अविरल वर्षाका कारण विष्णुमती नदीले खतराको तह पार गरेको छ ।

विष्णुमती नदीले काठमाडौंको गोंगबु क्षेत्रमा खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै विभागले सो क्षेत्र भएर यात्रा गर्नेहरुका लागि सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

‘काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले विष्णमती नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेहरुले उच्च सतर्कता अपनाऔँ,’ विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?