ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई विमानस्थलमा भव्य स्वागत

लोकपथ
497
Shares

काठमाडौं । फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन नेपाल फर्किएकी छिन् ।

बुधबार बिहान नेपाल ओर्लिएकी पलेशालाई बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनलाई स्वागत गर्न उनका समर्थक तथा खेलप्रमीहरु हजारौँको संख्यामा विमानस्थल पुगेका थिए ।

अहिले पलेशासहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ ।

उनले गत शुक्रबार पेरिसमा कास्य पदक हात पारेकी थिइन् । नेपालले कुनै पनि किसिमको ओलम्पिकमा नेपालले
जितेको सबैभन्दा ठुलो पदक हो । त्यसकारण पनि खेलकुदप्रेमी मात्र होइन आम नेपालीले उनको जितमा खुसी व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?