एमाले नेताहरुले किन भेटे कांग्रेस सभापति देउवा ?

लोकपथ
259
Shares

काठमाडौं । नेकपा एमालेका नेताहरुले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

मंगलबार देउवा निवास बूढानिलकण्ठ पुगेर एमाले नेताहरुले देउवासँग भेट गरी विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन् ।

सर्वोच्च अदालतको फैसलाले काठमाडौंका नदी आसपास २० मिटर छाडेर मात्रै घर तथा भौतिक संरचना बनाउन आदेश दिएको थियो । त्यसकै आधारमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सूचना जारी गर्दै त्यस्ता संरचनाहरु हटाउने चेतावनी दिएका थिए । त्यसको विषयमा महानगरको कार्यपालिका बैठकदेखि संसद्सम्मसमेत कुरा उठेको छ भने एमाले नेता कार्यकर्ताहरु मेयर बालेनको आलोचना गरिरहेका छन् ।

सोही सन्दर्भमा सभापति देउवा भेटेका एमाले नेताहरुले सर्वोच्चको फैसलाको न्यायीक पुनरावलोकन हुनुपर्ने माग अघि सारेका छन् । साथै उक्त विषयले ८० हजार भन्दा बढी सर्वसाधारण मर्कामा पर्ने भन्दै सांसदहरुले संसद्मा समेत कुरा उठाएका छन् ।

उक्त भेटमा एमालेका बागमती प्रदेश इञ्चाज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला सहितको टोली रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?