पूजा शर्मामाथि समीक्षाको कटाक्ष : मलाई बेलाबेला पीडा नदिनुस् प्लीज

लोकपथ
287
Shares

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू पूराना घटनाबाट सामान्य अवस्थामा फर्किन लागेकाले आफूमाथि बेला बेला प्रहार नगर्न नायिका पूजा शर्मालाई आग्रह गरेकी छिन् ।

केही दिन अघि नायक पल शाहसहित एक ‘पोडकाष्ट’ मा कुराकानी गरेकी पूजाले पल–समीक्षाको विषयमा प्रतिक्रिया दिएकी थिइन् । पूजाले बोलेको केही अंश सेयर गर्दै गायिका समीक्षाले पोडकाष्ट नै अदालत भए पहिले नै त्यसको छिनोफानो गरिदिए हुन्थ्यो भन्दै ब्यंग्य गरेकी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायधिश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि! सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ। त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ’’तिमि मेरो बहिनी’’ भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज,’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?