भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

लोकपथ
35
Shares

काठमाडौं ।  भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरु तर्फ बजेट कम रहेकोले कामहरु धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८०/ ८१ मा कार्यक्रमहरु तर्फ बजेट कम रहेको बताए ।

उनले  भने, ‘२०८० /८१ मा कार्यक्रमहरु तर्फ बजेट शून्यता रह्यो, त्यसकारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरु थिए तर, बजेट अभावले ती कार्यक्रमहरु अगाडि बढाउन सकेनौँ । लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखिकरणका कामहरु  र त्यसैगरी भाषाको पुस्तान्तरणका लागि संचालित हुँदै  आएका कक्षाहरु  जस्ता कामहरु हामीले अगाडि बढाउन सकेनौँ ।’

साथै उनले प्रदेश सरकार र स्थानीय सरकारहरुसंगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखिकरणका कामहरु  गरेको बताए । उनले पहिलादेखि कक्षा संचालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?