ज्योति विकास बैंक र  टिस्टुङ रिसोर्टबीच सम्झौता 

लोकपथ
28
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले र मकवानपुरस्थित टिस्टुङ रिसोर्टबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई टिस्टुङ रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा रुम चार्जमा १५% र बेभरेजमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?