शेयर बजारमा उच्च अंकको गिरावट

लोकपथ
140
Shares

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।

आज कुल ९० दशमलव ७३ अंकको गिरावट आउँदा बजार २ हजार ७ सय ३९ दशमलव ४६ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

३ दशमलव २० प्रतिशतले बजार संकुचन हुँदा कारोबार रकम भने १२ अर्ब भएको छ । नेप्सेका अनुसार आज कुल १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज कुल २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता शेयर कारोबार हुँदा ३१ वटा कम्पनीको शेयर बढेको छ भने २१३ कम्पनीको शेयर घटेको र एउटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

आज कारोबारमा आएकामध्ये एक्सल विकास बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्था, सामुदायीक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यस्तै कुमारी इक्वीटी फण्ड, गुढविल फाइनान्स, कुमारी धनवृद्धि योजना र हिमालयन पावर पार्टनर लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?