गगन थापाको माग : शिक्षकको तलब र सेवासुविधा बढाऔँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले शिक्षकहरुको सेवासुविधाहरु बढाउनुपर्ने माग गरेका छन् ।

बुधबार बसेको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवासुविधा बढाउने कुरा खुलेर गर्नुपर्ने बताए ।

त्यस्तै शिक्षक मिलानमा उत्तिर्णाङ्क ५० प्रतिशत हुनुपर्ने बताउँदै राहत शिक्षकको कुरा खुला राख्ने र एकपटक प्रतिष्पर्धा गर्ने मौका दिनुपर्ने बताए ।

‘शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौं। मिलान गर्ने कुराको सन्दर्भमा शिक्षकको उत्तिर्णाङ्क थोरैमा ५० प्रतिशत हुनुपर्छ। राहत लगायतका कुरा खुला राखेका छौँ, खुला राखौँ एक पटक प्रतिष्पर्धा गर्ने मौका दिऊँ,’ उनले भने ।

बैठकमा बोल्दै उनले संविधानले जिल्ला शिक्षा कार्यालयलाई नचिन्ने भन्दै त्यसलाई पूर्ण रुपमा हटाउनुपर्ने माग गरे ।

‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ, किनभने हाम्रो संविधानले यसलाई मान्दैन,’ उनले भने, ‘शैक्षिक गुणस्तर परीक्षण केन्द्र होइन, प्राधिकरण हुनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?