मुगु । मुगुको सोरू गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ग.१ ज.६४३७ नम्बरको डबल क्याप जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सोही गाउँपालिका–३ बस्ने ४५ वर्षीय नर बहादुर बुमीको घटनास्थलमै बुधबार बिहान मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया