कहिले हुन्छ कोशी प्रदेश सरकार विस्तार ?

लोकपथ
21
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिए ।

उनले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गरे । उनले भने, ‘कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।’ मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सांसदहरुको नामावली नदिएका कारण सरकार विस्तारमा केही ढिलाइ भएको बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘सरकार विस्तारमा जति ढिलाइ हुन्छ त्यति नै सरकारको काम कारबाहीमा असर पर्छ, जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिइ सरकार शासकीय सुधारतर्फ लाग्ने र विकासका योजनालाई तीव्र गतिमा अघि बढ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?