त्रिविले ५०औँ दीक्षान्त समारोहका लागि खुला गर्‍यो आवेदन

लोकपथ
287
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ५०औँ दीक्षान्त समारोहका लागि आवेदन खुला गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै भदौ २० गते (आज) बाट आगामी असोज २३ गतेसम्म अनलाइन आवेदन दिनका लागि आवेदन खुला गरेको हो ।

२०८० साल असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म सेमेष्टर तथा वार्षिक परीक्षामा सहभागी भएकाहरुले मात्रै आवेदन दिन सक्नेछन् । स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थी र सोही अवधिमा विद्यावारिधि –पिएचडी पूरा गर्नेहरुले फारम भर्न सक्ने त्रिविले जनाएको छ ।

इच्छुकले आवेदन फारम अनलाइन भर्दा आवेदन फारमका साथ एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्र र आफूले तह पार गरेको ट्रान्स्कृप्ट को स्क्यान कपी अनिवार्य रुपमा अपलोड गर्न सकिनेछ ।

त्रिविका अनुसार स्नातक तहका लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क २२ सय, गाउन तथा स्कार्फको धरौटी १५०० गरी ३७ सय दिनुपर्नेछ । त्यस्तै स्नातकोत्तर तथा एमफिलका लागि कुल ४२ सय तथा विद्यावारिधिका लागि कुल ४७ सय रहनेछ । उक्त दीक्षान्त समारोहमा एक विद्यार्थीले आफ्ना २ अभिभावक समेत सरिक गराउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?