अमेरिकाको एक विद्यालयमा अन्धाधुन्द गोली प्रहारमा २ शिक्षक र दुई विद्यार्थीको मृत्यु

लोकपथ
147
Shares

काठमाडौं । अमेरिकाको जर्जियामा १४ वर्षीय बालकले एक स्कुलमा अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । विन्डरस्थित अपलाची हाईस्कुलमा भएको गोली प्रहारबाट मृत्यु हुनेमा २ जना शिक्षक र दुई जना उनकै उमेरका विद्यार्थी रहेका छन् ।

घाइते ९ जनाको उपचार भइरहेको छ । गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अमेरिकामा सार्वजनिक स्थल र विद्यालयमा गोली प्रहारका घटना सामान्य बन्दै गएको छ । सन २०२४ मा गोली प्रहारका घटना भएको कम्तिमा यो ४५ औँ स्कुल भएको सीएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?