शहीदहरूलाई सम्मान गर्ने विषयमा विभेद छ : अध्यक्ष प्रचण्ड

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूलाई सम्मान गर्ने विषयमा विभेद रहेको उल्लेख गर्दै यसलाई नीतिगत रुपमै समाधान गर्नुपर्ने बताएका छन् । 

बिहीबार शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकरुपताका साथ सबै शहीदहरूलाई उचित सम्मान हुने नीति बनाउने तर्फ पहल गर्नुपर्ने बताए । 

उनले भने, ‘शहीदहरूलाई सम्मान गर्ने सन्दर्भमा विभेदको स्थितिलाई नीतिगत रुपमै समाधान गर्न आवश्यक रहेको छ । आउने केन्द्रीय समितिको बैठकमा शहीदहरूलाई सम्मान गर्ने बारे एकरुपताका साथ सबै शहीदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पनि पहल गरिनेबारे जानकारी गराउन चाहन्छु । शहीदहरूका बारेमा विभेद गर्नु हुँदैन भनेर जनयुद्धका बेला मारिनु भएकाहरुका बारेमा स्मृति मनाउने वा नमनाउने भनेर भेद गर्नुभन्दा सबै शहीदहरूलाई एकमुष्ठ रुपले श्रद्धा व्यक्त गर्नु बढी उचित हुन्छ ।’ 

पार्टीले जनयुद्धमा मारिनु भएका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १४ देखि २१ गतेसम्म मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि यसमा बदलाव आएको उनको भनाइ छ । 

‘यसका लागि पार्टीले फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने भनेका थियौँ । र मनाउँदै आएका पनि छौँ । शान्ति प्रक्रियामा आएपछि यसमा केही बदलाव जस्तो देखा परेको छ । कतिका नाममा प्रतिष्ठानहरू बनेका छन्, कतिका नाममा छैनन् । यसले राम्रो गरेको जस्तो लागेको छैन । पार्टी पुनः निर्माणको एउटा प्रक्रियामा पनि छ । कमरेड शेरमान र कमरेड मोहनचन्द्रलाई हार्दिक श्रद्धाञ्जली दिन चाहान्छौँ,’ उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?