काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशको विस्तारित बैठक महोत्तरीको लालबन्दीमा सुरु भएको छ ।
आजबाट लालबन्दीमा विस्तारित बैठक सुरु भएको पार्टी कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकका लागि सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेताहरु लालबन्दी पुगेका छन् ।
बैठकमा प्रदेश समिति र विभाग तथा जिल्ला समितिका पदाधिकारी सहभागी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया