राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोपमा रुसी निकायमाथि अमेरिकी प्रतिबन्ध

लोकपथ
42
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसका १० व्यक्ति र दुई संस्थामाथि प्रतिबन्ध लगाएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको भन्दै प्रतिबन्ध लगाएको हो । 

‘अर्थ मन्त्रालयअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले बुधबार १० व्यक्ति र दुई संस्थालाई अमेरिकी राष्ट्रपति चुनावलाई लक्षित गर्ने मस्कोको दुर्भावनापूर्ण प्रयास गरेकोमा अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ, ’अर्थ मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

अमेरिकाले रुस सञ्चालित निकायहरूले लामो समयदेखि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत अन्य उपकरणको प्रयोगबाट संयुक्त राज्य अमेरिकाको निर्वाचन प्रक्रिया र संस्थामा रहेको जनविश्वासलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले बाइडेन प्रशासनले रुसको यस्ता गतिविधिहरूका लागि राज्य प्रायोजित निकायलाई जवाफदेही बनाउने प्रयास गरिरहेकोमा जोड दिए ।  

विदेश मन्त्रालयले अमेरिकाविरुद्ध गोप्य गतिविधिका लागि आवरणका रूपमा प्रयोग गर्ने क्रेमलिन–समर्थित सञ्चार संगठनका लागि काम गर्ने व्यक्तिमाथि लगाइएको प्रतिबन्ध नीतिसहित तीन सम्बन्धित कार्यहरू पनि घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?