‘निजामती सेवा ऐन अब चाँडै आउँछ’

लोकपथ
84
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् ।

बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा भएको छलफलमा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौँ जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने बताए ।
उनले भने,‘अब निजामति सेवा ऐन चाँडै आउँछ ।’

मन्त्री गुप्ताले निजामति सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरेर अगाडि बढ्न आग्रह गरे । उनले भने,‘सभापतिज्यूलाई मेरो आग्रह के छ भने यो समितिमा त थुप्रै विधेयकहरु छन् । तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?