मर्यादित ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न ब्यूरोको आग्रह

लोकपथ
42
Shares

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाललाई मर्यादित ढंगले प्रयोग गर्न आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा सामाजिक सञ्जाल लगायत डिजिटल प्ल्याटफर्मको दुरुपयोग गरी समाजमा भ्रामक तथा गलत सूचना सम्प्रेषण हुने गरेको बताउँदै त्यसलाई मर्यादित बनाउन आग्रह गरेको हो ।

ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायत डिजिटल प्ल्याटफर्मको सदुपयोग गरी सही सूचना मात्रै आदानप्रदान गर्न आग्रह गरेका छन् ।

पछिल्ला दिनहरुमा सामाजिक सञ्जाललाई अनावश्यक ढंगले प्रयोग गरी अरुमाथि गालीगलौज लगायत आक्षेप लगाउने गतिविधि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?