काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राजनीतिले कर्मचारीतन्त्रलाई गिजोलेको बताएका छन् ।
आज बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
पछिल्लो समय कर्मचारी युनियन राख्ने वा नराख्ने भन्ने विषयमा ठुलो विवाद रहेको भन्दै कर्मचारीहरुको एउटा ट्रेड युनियन मात्रै राखे हुने बताए ।
वर्षौँदेखि प्रशासनिक संयन्त्रमा प्रश्न उठिरहेको बताउँदै त्यसलाई आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया