प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन चेप्टेगीको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं ।  प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन ३३ वर्षीया रेबेका चेप्टेगीको बिहीबार  निधन भएको छ । चेप्टेगीको उपचार क्रममा निधन भएको हो । 

सञ्चार माध्यमका अनुसार चेप्टेगीका प्रेमी डिक्सन एनडिमा मराङगजका रूपमा चिनिने हत्याराले आइतबार पश्चिमी काउन्टी ट्रान्स–नजोइयाको एन्डेबेसमा रहेको उनको घरमा पेट्रोल छर्केर जलाएका थिए । 

 चेप्टेगीले पेरिस ओलम्पिकमा म्याराथुनमा भाग लिएको केही सातापछि भएको हो । म्याराथुनमा उनी ४४औँ स्थानमा रहेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?