रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात

लोकपथ
301
Shares

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ ।

बिहीबार राति भएको युइएफए नेसन्स लिगको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१ को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो । जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

खेलको प्रारम्भिक सातौं मिनेटमै, म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । डालोटले बु्रनो फर्नाण्डेसको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन् ।

खेलको ३४औं मिनेटमा, कप्तान रोनाल्डोले ऐतिहासिक ९००औं गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो ।
मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे ।

यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसकीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्ड समेत कायम भएको छ ।

खेलको ४१औं मिनेटमा क्रोएशियाले एक गोल फर्काउने मौका पायो । क्रोएशियाका खेलाडीले एक क्रस दिएपछि, पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पु¥यायो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो ।

यसैबीच, समूह ‘ए’ को अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?