तीजकै दिन सुनको मूल्यमा नयाँ रेकर्ड

लोकपथ
602
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

आज हरितालिका तीज पर्वको दिन सुनको मूल्य तोलामा १ हजार ३ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५२ हजार रहेको थियो भने आज मूल्य वृद्धि भइ १ लाख ५३ हजार कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसो त यसअघि भदौ १३ गते सुनको मूल्य १ लाख ५३ हजार २ सय पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो । उक्त मूल्यको रेकर्ड तोड्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । हिजो तोलामा १ हजार ७ सय ६५ रहेको चाँदीको मूल्य आज १ हजार ७ सय ९५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?