बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’ को मृत्यु, एक अमेरिकीसहित दुई जना घाइते

लोकपथ
259
Shares
?????, ? ??? ? ? ???????? ???? ???????? ??????????? ????? ????????? ????????? ???????? ?? ????? ???? ? ??????: ???? ???????, ????

काठमाडौं । बर्दियाको डल्ला सामुदायिक वनमा शुक्रबार बिहान गैँडाको आक्रमणबाट एक जना ‘नेचर गाइड’ को मृत्यु भएको छ ।

यस्तै, अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका–६ स्थित सो वनमा गैँडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ बस्ने ३५ वर्षीय गाइड मनमोहन चौधरीको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

घाइते हुने अमेरिकी नागरिकमा मिक लेन्डन शवन र ५८ वर्षीय चौकीदार खिन्चु थारू छन् । घाइतेहरुको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको सो निर्देशनालयले जनाएको छ । उनीहरू दुवै जना खतरामुक्त छन् । उनीहरु जंगल वाकका लागि गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जंगल वाकमा जाँदा गैँडाले एक्कासी आक्रमण गर्दा मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?