पूर्ण रुपमा प्रतिबन्ध हटेपछि चल्न थाल्यो टिकटक

लोकपथ
49
Shares

काठमाडौं । नेपालमा लामो समयदेखि प्रतिबन्धित रुपमा रहेको सामाजिक सञ्जाल टिकटक चल्न थालेको छ ।

गत भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक मापदण्ड राखेर टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

त्यससँगै अन्य स्रोत प्रयोग नगरी पनि टिकटक चल्न थालेको हो । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकले सामाजिक सद्भाव भड्काएको भन्दै गत कार्तिकबाट टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?