अष्ट्रेलियाली कानुन व्यवसायी र बार एशोसिएशनबिच सहकार्यमा हुने

काठमाण्डौ, १५ कात्तिक – नेपाल बार एशोसिएशन र अष्ट्रेलियामा रहि कानूनी पेशा गर्दै आएका नेपाली मुलका कानून व्यवसायीविच सहकार्य हुने भएको छ । नेपाल बार एशोसिएशनको कार्यलयमा आयोजित संक्षिप्त छलफलमा बार अध्यक्ष शेरवहादुर केसीले विदेशमा कानुनी पेशा अगाल्दै आएका कानून व्यवसायी र बारविच सहकार्यको आवश्यकता रहेको औल्याए त्यसको सुरुवात अष्ट्रेलियावाट भए झनै राम्रो हुने वताउँदै अध्यक्ष केसीले आपत्तकालिन कानूनी सहायता कोषका विषयमा विदेशमा रहेका नेपाली मुलका कानून व्यवसायविच छलफल प्रारम्भ भएको जानकारी दिए छलफलमा लामो समयदेखि अष्ट्रेलियामा रहि कानुनी पेशा गर्दै आएका कानून व्यवसायी भरत पोख्रेलले आफु त्यसको नेतृत्व गर्न तयार रहेको वताए । पोख्रेलले दुई देशका कानून व्यवसायीविच सहकार्यको लागि आफु पहल गर्न पनि तयार रहेको बताए ।अष्ट्रेलियन मुलका कानून व्यवसायी र नेपाल वारविच सहकार्यका लागि समेत भुमिका खेल्ने उनको भनाई थियो एनआरएनए अभियन्ता समेत रहेका पोख्रेलले यस्तो महत्वपुर्ण विषयलाई एनआरएनएको एजेण्डा बनाउन सकिने समेत वताए । पोख्रेल दुई दशकदेखि अष्ट्रेलिया वकालत गर्दै आएका छन् । अष्ट्रेलियामा रहि कानूनी पेशा नै गर्ने नेपाली न्युन छन् । छलफलमा बार उपाध्यक्ष मोतिराज गौतम लगायत वारका पदाधिकारीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?