नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

लोकपथ
14
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को रिक्त प्रबन्ध निर्देशकमा संगिता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सिफारिसमा उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन् । टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो ।

पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आह्वान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?