प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका हुने तय

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

ओली आगामी असोज ४ गते अमेरिका प्रस्थान गर्नेछन् । गत असार ३० गते प्रधानमन्त्री बनेपछिको ओलीको यो पहिलो विदेश भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?