राप्ती नदीमा माछा मार्न गएका २ व्यक्ति बेपत्ता

लोकपथ
217
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं २७ धरमपुर जमुनाघाटस्थि राप्ती नदीमा माछा मार्न गएका दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा भरतपुर–२५ का सञ्जीव चौधरी (४३ वर्ष) र सुकबहादुर परियार (४५ वर्ष) रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही स्थानका उनीहरुसँगै माछा मार्न गएका रोहितकुमार चौधरी भने पौडिएर बाँच्न सफल भएका छन् ।

उनीहरु त्यहाँमा शुक्रबार दिउँसो २ बजेतिर माछा मार्न गएका थिए । आज बिहानैदेखि चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएका नयाँ गोरख गणका २५ जनाको टोलीले खोजीकार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुञ्वमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिहरुले मात्रै माछा मार्न पाउँछन् तर उनीहरु लाइसेन्स प्राप्त व्यक्ति भने होइनन् । तीजको मौका पारी उनीहरु माछा मार्न त्यहाँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?