जनावरको सम्पर्क बिना नै बर्डफ्लुबाट संक्रमित भएको पहिलो घटना पुष्टि

लोकपथ
147
Shares

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु संक्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको जनाइएको छ ।

प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शंकास्पद देखिएकाले यसलाई राज्य र संघीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ (बर्ड फ्लु) भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औं व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना बर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए।

‘मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ संक्रमण रिपोर्ट गरिएको छैन,’ मिसौरी स्वास्थ्य विभागले भनेको छ, ‘यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पङ्क्षीहरूको समूह वा जङ्गली चराहरूमा बर्ड फ्लु संक्रमण भएको भने पुष्टि भएको छ ।’

सन् २०२२ मा बर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो ।

बर्डफ्लु सबैभन्दा बढी जङ्गली चरा चुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईवस्तुमा पनि देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?