पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेस सांसद बजगाईँको कटाक्ष, लगाए यस्ता आरोप

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँ संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध खनिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद बजगाईँले विभिन्न आरोपहरु लगाउँदै मन्त्री पाण्डेविरुद्ध खनिएका हुन् । बजगाईँले पाण्डे पार्टीको निर्वाचनदेखि संसदीय निर्वाचनसम्म पिछडा कोटा लिएर लडेको समेत आरोप लगाए ।

शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रबन्ध निर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण नसोधेको आरोप लगाए । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का अध्यक्ष युवराज अधिकारीलाई हटाउन लागेको तर प्राधिकरणका अध्यक्षलाई कुनै स्पष्टीकरण नसोधेको भन्दै कटाक्ष गरे ।

त्यस्तै उनले मन्त्री पाण्डेलाई पार्टीमा भाग खोज्दा पिछडा क्षेत्रको नाम भजाएको समेत आरोप लगाए । उनले राष्ट्रिय सभा सदस्यदेखि मन्त्री बन्दा सम्म पिछडा क्षेत्रबाट भएको भन्दै कुनै काम नगरेको भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?