पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

लोकपथ
126
Shares

पोखरा । पार्किङ गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहिबार राती करीब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको आधिखोला गाउँपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोहि गाउँपालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियार रहेका छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरा नेतृत्वको टोलीले पक्राउ गरेको छ ।

उनीहरुले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र ब्यबहार सम्बन्धी कसुर अपराधमा पांच दिनको म्याद थप भै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?