प्रधानमन्त्रीको स्वीकारोक्ति : ‘झापा विद्रोहको नीति गलत थियो, हामीले छाड्यौँ’

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०२८ सालमा झापा विद्रोहका नाममा आफूहरुले लिएको नीति गलत भएको स्वीकार गरेका छन् ।

२१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले झापा विद्रोहमा लिएको नीति गलत भएका कारण आफूहरुले छाडेको बताए ।

पछिल्लो समय माओवादी र एमालेबीच ०६२÷०६३ को सशस्त्र द्वन्द्वका क्रममा भएको हिंसाको विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला प्रधानमन्त्री ओलीले त्यसप्रति इंगित गर्दै कुरा बताएका हुन् ।

उनले थपे,‘मैले पनि झापा आन्दोलनताका जुन नीति लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्नको लागि बदलियो । सही भएन त बदल्नुपर्छ । त्यसैले अरुले बनाएका अनावश्यक हिंसा छोड्नुपर्छ बदल्नुपर्थ्यो । बदल्यौं । हिंसाको महिमा गरेर हामी अगाडि बढ्न सक्दैनौँ र ? त्यसले फेरि खतरा ल्याउँछ । हामी हिंसा नमान्नेहरू त छँदै छौँ । हिंसालाई महिमा मण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन । हिंसा महान थियो, महान् हिंसाले,’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै उनले जनआन्दोलन वा जनयुद्ध भएको भए त्यो फेल नहुने तर त्यसले ठुलो हिंसाको रुप लिन थालेपछि भने आफैँ त्यसको अन्त्य हुने टिप्पणी गरे । साथै उनले यदी त्यो बेलाको आन्दोलन हिंसा नभएको भए किन छाडेको भन्दै प्रश्न समेत गरे ।

‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो । त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ?,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘किन आउनुपर्यो शान्ति प्रक्रियामा ? महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो । जनयुद्ध हो भने त्यो फेल हुँदैन । जनआन्दोलन हो भनेपनि फेल हुँदैन ।’

त्यस्तै उनले निजामती सेवा ऐन पारित गर्ने प्रतिबद्धता जनाए । द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित टीआरसी विधेयक आफूहरुले सहमतिका आधारमा पास गरेको बताउँदै निजामती सेवा विधेयकलाई पनि सहमतीका साथ पारित गर्ने बताए । साथै उनले सरकारसँग सजिलो बहुमत रहेका कारण अहिले काम गर्न सहज भइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?