साँपलाई मुखमा राखेर भिडियो बनाउँदा युवकको ज्यान गयो (भिडियोसहित)

लोकपथ
168
Shares

काठमाडौं । पछिल्लो समय मानिसहरु सामाजिक सञ्जालमा भाइरल हुने नाममा विभिन्न हर्कतहरु गरिरहेका हुन्छन् ।

नेपालमा पनि टिकटक बनाउन नदीमा जाँदा डुबेर मृत्यु भएकोदेखि बेपत्ता भएकासम्मका घटनाहरु त हामीले सुनेका छौँ । तर भारतमा एक युवकले ‘रिल्स’ बनाउने क्रममा आफ्नो ज्यान नै गुमाएका छन् ।

भारतको कामरेड्डी जिल्लास्थित तेलंगानाका ती युवकले एउटा विषालु साँपलाई मुखमा राखेर भिडियो बनाए । भारतीय सञ्चारमाध्ययम आजतकका अनुसार ती युवकले साँपलाई मुखमा राखेर भिडियो बनाउने क्रममा उसलाई साँपले डसेर मृत्यु भएको छ ।

उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त भिडियो हेरेर ती युवकलाई गाली गरिरहेका छन् । उनको पागलपनका कारण आफ्नै ज्यानै जोखिममा राखेको भन्दै उनको मृत्युमा सहानुभूती देखाउनुभन्दा गालीको वर्षा भएको हो ।

सार्वजनिक भिडियो अनुसार उनी सडकको बीचमा उभिएर सर्पलाई मुखमा राखेको देख्न सकिन्छ ।

यसपछि उनी हात जोडेर क्यामेरातिर हेर्छन् । उसले पनि
एक पल कपालमा हात चलाउँछ । जबकि कोब्रा आफ्नो मुखमा अड्किएको छ र रिसाएको छ । रिसाएको कोब्राले उनलाई डसेपछि केहीबेरमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?