किन नेपाल आए बलिउड अभिनेता नवाजुद्दीन ?

लोकपथ
49
Shares

काठमाडौं । बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् ।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनको स्वागतका लागि नेपाली फ्यानहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उनी चलचित्र ‘शाम्बाला’ को प्रिमियर शोमा सहभागि हुने नेपाल आएका हुन् ।

विमानस्थलमा ओर्लिने बित्तिकै उनको नेपाली फ्यानहरुले उनलाई घेरेका थिए । साथै उनीसँग सेल्फी लिनेदेखी अटोग्राफ लिनेसम्मको भिड थियो ।

बर्लिन फिल्म फेस्टिवलमा पहिलोटक नेपाली फिल्म ‘शाम्बाला’ छनोटमा परेको थियो । आगामी भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्र हेर्ने रहर गरेका कारण निर्माण पक्षको निमन्त्रणमा उनी आज नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?