उड्न लागेको बुद्ध एयरको जहाजको इन्जिनमा खराबी, रनवेबाट फर्काइयो

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उड्ने अन्तिम तयारीमा रहेको बुद्ध एयरको विमानमा समस्या आएपछि रनवेबाटै फर्काइएको छ ।

बुद्ध एयरको U4 616 को जहाज दिउँसो १ बजे पोखरा विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा थियो । उडानका लागि हाई स्पीड लिइसकेपछि नै झ्याप्प ब्रेक लिएर रनवेमै रोकिएको हो ।

उक्त जहाजमा सवार रहेका लोकगायक विष्णु खत्रीले विमानको ईन्जिनमा समस्या आएपछि रोकिएको जानकारी गराएको बताए । उनले सामाजिक सञ्जालमा लेख्दै आफूहरुलाई त्यस विमानबाट ओरालेर अर्को विमानमा लैजाने भन्दै यात्रु पर्खाइ कक्षमा राखिएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

पाेखरा देखि काठमाडौ सम्म अहिले १ बजे उडन लागेकाे बुद्ध एयरकाे उडान U4 616 ले रनवेमा उडानकाे लागि हाई स्पीड लिईसकेपछि झ्याप्प ब्रेक हान्याे र हल्का जहाज ढुलमुलाउँदै नियन्त्रणमा आयाे।एकछिन पछि हामीलाई भनियाे,जहाजकाे ईन्जिनमा खराबी आयाे।पुन:अर्काे जहाजमा लैजान फेरि हामीलाई पर्खाई कक्षमा राखिएकाे छ।सबै यात्रु थरथर थिए।साताे भने राम्रो सँग लयाे।सकभर गाडीकाे यात्रा भन्दा प्लेनकै यात्रा तय गर्ने मान्छे म आजबाट भने साेच्न बाध्य भएकाे छु, कतै पाईलटले प्लेन उडाई दिएकाे भए?उडन पनि ४,५ सेकेन्ड त बाँकी थियाे हाेला।जिन्दगीकाे के भराेसा छ र है?पाईलटकाे नाम चाहिं थाहा भएन,धन्यवाद पाईलट ज्यू,धन्य प्रभु।जीवन लिला हजुरकै हातमा छ।जय नाग्लीबाङका भयरथान देउता,आउने बेला हजुरकै दर्शन गरेर आएकाे थिएँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?