आफूले लगेका अन्तरिक्षयात्री छाडेर बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता

लोकपथ
1.5k
Shares

काठमाडौं । बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ ।

उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो ।

पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो ।

स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा थियो ।

नासाका अन्तरिक्ष यात्री बेरी ‘बुच’ विल्मोर र सुनिता ‘सुनी’ विलियम्स जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आफ्नो पहिलो चालक दलको उडानका लागि जुन ६ मा अन्तरिक्ष स्टेसनमा पुगेका थिए । दुवै अन्तरिक्ष यात्री एउटै उडानबाट पृथ्वीमा फर्कने अपेक्षा गरिएको थियो ।

स्टारलाइन परिक्रमा प्रयोगशालामा पुग्दा नासा र बोइङले हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टर्समा समस्याहरू भएको पहिचान गरे । त्यसैले अन्तरिक्ष यात्रीहरूको सुरक्षाका लागि नासाले अगस्ट २४ मा स्टारलाइनर चालक दलबिना स्टेसनबाट पृथ्वीमा फर्कने घोषणा गर्‍यो ।

बुच विल्मोर र सुनी विलियम्सले कार्गोका साथ स्टारलाइनर प्याकिङ र फिर्ताका लागि यसको क्याबिनलाई कनफिगर गर्ने काम पूरा गरे । नासाले दुवै अन्तरिक्ष यात्रुलाई चालक दलबिना प्रस्थानका लागि तयार गर्न बिहीबार दिउँसो अन्तिम पटक स्टारलाइनसको ह्याच बन्द गर्‍यो ।

विल्मोर र विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमै रहनेछन् र नासाको स्पेसएक्स क्रु–९ मिसनका लागि नियुक्त अन्य दुई चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत सन् २०२५ फेब्रुअरीमा घर फर्कनेछन् ।

स्पेसएक्स र बोइङ दुवै व्यावसायिक विक्रेताहरू हुन् । यिनीहरूलाई नासाले अमेरिकी–प्रक्षेपण अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउन जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?