डेक्लन राइस र ज्याक ग्रिलिसको गोलमा इंग्ल्याण्ड विजयी

लोकपथ
112
Shares

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ । शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो ।

इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए । इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो । 

खेलको ११ औँ मिनेटमा राइसले गोल गर्दैै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि निर्धारित समयभित्र थप गोल नभएपछि जर्मनी २–० को जीत दर्ता गर्न सफल भयो । यही समूहमा रहेको ग्रिकले फिनल्याण्डमाथि ३–० को जीत दर्ता गरेको छ । ग्रीकका फोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो । 

२३ औँ मिनेटमा इओनिडिसले गोल गर्दै ग्रिकलाई अग्रता दिलाए । ३७ औँ मिनेटमा फिनल्याण्डका बेन्जामिन कलमनले आफ्नै पोस्टमा गोल गरेपछि ग्रिकको अग्रता दोब्बर भयो ।

७६औँ मिनेटमा इओनिडिसले व्यक्तिगत दोस्रो गोल गरेपछि ग्रिक ३–० को सहज जित निकाल्न सफल भयो । समूह २ मा ग्रीकले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राख्दा समान अंक रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।

आयरल्याण्ड र फिनल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । यी टिमले भने अंकको खाता खोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?