वीपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

लोकपथ
42
Shares

चितवन ।  नेपाली कांग्रेस चितवनले १११औँ वीपी जयन्तीका अवसरमा पार्टीमा योगदान पु-याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई विशिष्ट सम्मान गर्न लागिएको हो । 

बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका  १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए । 

 पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभा हलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

यसअघि नेपाली कांग्रेस चितवनले गत वर्ष वीपी जयन्तीमा कांग्रेस नेता डा शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष वीपी जयन्तीका अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो । 

खनालले भने, ‘पार्टीमा विशिष्ट योगदान पु-याएकाहरुलाई सम्मान गरेर उहाँहरूमा ऊर्जा थप्ने काम गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?