इन्जिनियरहरुको तलब तथा पदस्थापनमा विभेद भएको भन्दै त्यसको व्यवस्थापन गर्न माग

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा इञ्जिनियरहरूले पाउने तलब तथा सुविधा अरु क्षेत्रको तुलनामा कम रहेको भन्दै त्यसको व्यवस्थागर्नुपर्ने इन्जिनियरहरुले माग गरेका छन् ।

इञ्जिनियरहरूको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियशनको आसन्न निर्वाचनको सन्दर्भमा शनिबार प्रोग्रेसिभ इञ्जिनियरर्स एसोसिएशन नेपाल (प्रगतिशील समूह) ले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहको विकास, जनप्रतिनिधि र इञ्जिनियरको भूमीका विषयक छलफल’ कार्यक्रममा सो विषयमा आवाज उठेको हो ।

उक्त कार्यक्रममा बोल्दै ई. प्रा.डा. विष्णुप्रसाद पाण्डेले यस्तो बताएका अन्य क्षेत्रको भन्दा इन्जिनियरहरुको तलब तथा सेवासुविधा कम रहेको भन्दै सम्बन्धित पक्षले त्यसमा ध्यान दिनुपर्ने माग गरेका हुन् ।

आसन्न निर्वाचनमा अध्यक्षको प्रत्यासीसमेत रहेका पाण्डेले समग्र इञ्जिनियरिङ पेशामा आवद्ध श्रमजीविहरूको तर्फबाट बोल्दै इञ्जिनियरहरुको हकहितको संरक्षणका विषयमा सरकारको ध्यानाकर्षसमेत गराएका छन् ।

पाण्डेले सरकारी सेवा क्षेत्रमा इञ्जिनियरहरूको प्रवेश र त्यहाँ हुने विभेदका विषयमा सरकारले नीतिगतल सुधार गर्दै त्यसको व्यवस्थापन गर्नुपर्ने बताए ।

‘स्नातक तहको डिग्री हासिल गरेका इञ्जिनियर तथा आर्किटेक्टहरूलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराइन्छ,’ पाण्डेले भने, ‘यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरूमा कम्तीमा सातौँ तहलाई नै प्रवेश तह बनाउनु पर्छ ।’

त्यस्तै, कार्यक्रममा उपिस्थत बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विकास निर्माणमा इञ्जिनियरहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै ७६१ वटै सरकारले विकास निर्माणमा एकअर्कासँग हातेमाले गर्नसके मात्र नेपालको समृद्धि सम्भव हुने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक मन्त्री रामेश्वर फुयाल, लुम्बिनी प्रदेशका पूर्व भौतिक तथा अर्थमन्त्री बैजनाथ चौधरी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, पनौती नगरपालिकाकी उपमेयर गिता बन्जारालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?