नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको काश्य पदकले देश कै इज्जत बढेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना दिएका हुन्  । 

उनले भने,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढि तपाईंलाईसफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?