काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठन भएको संसदीय विशेष छानबिन समितिले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गभर्नर महाप्रसाद अधिकारी लगायतका व्यक्तिहरुसँग छलफल गरेको छ ।
आइतबार सिंहदरबारमा समितिले अर्थमन्त्री पौडेल र गभर्नरसँग छलफल गरेको समितिका संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।
समितिले यसअघि नै विभिन्न व्यक्तिहरुसँग छानबिनका विषयमा छलफल गरिसकेको छ ।
आजको छलफलका क्रममा अर्थमन्त्री पौडेलले छानबिन समितिको प्रतिवेदनका आधारमा नै देशमा बिग्रदो अवस्थामा रहेको सहकारी क्षेत्रको सुधारिने विश्वास व्यक्त गरे । साथै छानबिन समितिले तयार गरेको प्रतिवेदन सहकारीको सुधारका लागि कोशे ढुंगा हुने भन्दै सरकारले महत्वका साथ छानबिन समितिको काम हेरिरहेको बताए । साथै त्यसको कार्यान्वयनमा लैजान सरकारको हरसम्भव प्रयास गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई दोश्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने, सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिएको थापाले जानकारी दिए । सवै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको संयोजक थापाले बताए ।
सहकारी ठगी प्रकरणमा तत्कालीन उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने जोडिएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दलले छानबिन गर्न माग गरेको थियो । कांग्रेसको माग बमोजिम सरकारले ७ सदस्यीय छानबिन समिति बनाएको थियो ।
छानबिन समितिले हालसम्म ५० भन्दा बढी व्यक्तिहरुसँग छलफल गरिसकेको छ । जेठ १५ गते गठन भएको समितिलाईै तीन महिनाको समय दिइएको थियो । तर समय अपुग भएपछि गत भदौ १८ गते संसद्ले त्यसको समयावधी १५ दिन थप गर्ने निर्णय गरेको छ ।
उक्त छानबिन समितिको प्रतिवेदनलाई महत्वका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया