चाडपर्वलाई लक्षित गरेर सीजीले ल्यायो यस्ता योजना

लोकपथ
56
Shares

काठमाडौं । नेपालको चर्चित ब्राण्ड चौधरी ग्रुप (सीजी) ले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।

ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सीजी का सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त योजना भदौ २३ गते आइतबारबाट सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

सीजीको ६५ र ७५ इन्चको टेलिभिजनको खरिदमा स्पीकर फ्री हुने कम्पनीले जनाएको छ । त्यस्तै डबल डोरको रेफ्रिजेरेटरको खरिदमा फ्राइ प्यान, माइक्रो वेभ ओभनको खरिदमा कुकिङ किट, वासिङ मेसिनको खरिदमा ६ किलो एरियल फ्रीमा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै ३२ देखि ५५ इन्चसम्मका टेलिभिजन खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसका साथै यो योजना अन्तरर्गत सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त सकिने छ ।

त्यसैगरी कम्पनीले आफ्ना ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गरिदिनेछ । भने ग्राहकहरुलाई मध्यनजर गरी सीजीले सीजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?